मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे अपिल सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगरौं
  • मार्गरेखा संवाददाता

  •  

    बाँके घटनाप्रति चिन्ता व्यक्त गर्दै देउवाले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गरेका हुन् ।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकताबद्ध भई मिलेर बसेका छौं र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न÷नगराउन हार्दिक आह्वान गर्दछौं ।’

    सभापति देउवाले यसको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न आग्रह गरेका छन् ।

     

  • १७ आश्विन २०८०, बुधबार १८:४४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित