मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज २४ ।  बाँकेमा स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा सबै ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

    नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आज कर्मचारीको जिल्ला भेला गरी संघर्ष समिति गठन गरिएको हो । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।

  • २४ आश्विन २०८०, बुधबार १७:१० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित