मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जको वीपी चोकमा शुक्रबार  विहान भिषण आगलागी हुदा सातवटा फर्निचर पसल जलेर ध्वस्त
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज २६ ।  नेपालगन्जको वीपी चोकमा शुक्रबार  विहान भिषण आगलागी हुदा सातवटा फर्निचर पसल जलेर ध्वस्त भएका छन् ।

    शुक्रबार विहान करिव साढे चार बजेतिर आले टेड्रसबाट आगलागी सुरु हुदै  वार्सिक काठ फर्निचर, शनिया, लक्ष्मी स्टील, विरमान फर्निचर र चिन्टु किराना पसल पनि जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

    नेपालगन्ज उपमहानगरपालिकाका दुई दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सक्रियतामा एक घण्टामै आगो नियन्त्रणमा लिइएको भएपनि फर्निचरका सामाग्री भएकाले क्षती धेरै भएको प्रहरी प्रवक्त डिएसपी डाँगीले जनाए।

  • २६ आश्विन २०८०, शुक्रबार ०९:३४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित