मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ
  • लक्ष्मण के सी

  • लक्ष्मण के सी    असाेज ३० काठमाडौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीका अनुसारण उनी मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आएर दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् । निजको साथबाट १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ फेला परेको छ ।छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम करिब ३१ लाख ५० हजार रुपैयाँ बराबर हुन आउँछ ।

  • ३० आश्विन २०८०, मंगलवार १६:४३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित