मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अदालतकाे आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  कात्तिक १ । अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

    नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

    बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेखि पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् । अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

    नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

    बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेख पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् ।

  • १ कार्तिक २०८०, बुधबार १७:०० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित