मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नक्कली अख्तियारकाे कर्मचारी पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज कात्तिक १०  । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै बिभिन्न संघ संस्थाबाट सुबिधा लिने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै सुविधा लिने चितवनका मोहन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

    सरकारी तथा संघ संस्थाहरुमा अख्तियारको कर्मचारीको नाममा सुबिधा लिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं.२ घर भई बाँके नेपालगन्ज उप(महानगरपालिका वडा नं.२० राँझामा डेरालिई वस्ने गरेका ३७ वर्षीय मोहन कोईरालालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

    पक्राउ परेका कोईरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेको डीएसपी डाँगीले बताए ।कोईरालालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कोईरालाबाट कोही कसै ठगिन गएको भए वा उनले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भए प्रहरीमा उजुरी दिन समेत बाँके प्रहरीले अनुरोध गरेको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार २०:४१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित