मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, पुष २४।पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलबार देखि सुरु भएको छ ।
    महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुको उत्पादनलाई बिक्री वितरणका लागि राखिएको छ । मंगलबार एक कार्यक्रमका बिच नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको उद्घाटन गरे ।
    उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतको उपस्थिती रहेको थियो ।
    उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान गर्नुभएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गरेको छ ।
    महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुको रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताईन ।
    स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रर्दशनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताईन ।
    पुष २४ देखि २८ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनी भैरहेको छ ।
    यस पटक हाम्रो प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् ।
    नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा हुन लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगत भन्दा अझ सफल र भव्य बनाउने तयारी गरिरहेको प्रदर्शनी संयोजक एवम संघको प्रथम उपाध्यक्ष रेवती सिंहले बताईन ।
    यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका छन् ।
    प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुष २६ गते महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ । प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपुर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालको केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताईन ।
    मंगलबार आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको दिृतीय उपाध्यक्ष आभा गौतमले स्वागत मन्त्वय राखेको कार्यक्रममा प्रदर्शनी संयोजक रेवती सिंहले प्रदर्शनीको बारेमा जानकारी गराएकी थिईन ।

  • २४ पुष २०८०, मंगलवार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित