मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबैले जनताकै लागि काम गर्ने हो त्यसैले सबैको सम्मान हुने गरेर काम गर्न जरुरी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह
  • मार्गरेखा संवाददाता

  • धनगढी, माघ १८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ र प्रदेशका जनप्रतिनिधिको सम्मानलाई ध्यान दिएर पालिकामार्फत हुने विभिन्न विकासका गतिविधिमा जोड्ने विकल्प खोजिरहेको बताउनुभएको छ ।

    बिहीबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय तहबीच कानून निर्माण, समीक्षा तथा विधायकी प्रक्रियासम्बन्धी संयुक्त कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “स्थानीय तह, सङ्घ र प्रदेशका हामी सबै जनप्रतिनिधि निर्वाचित हौं, सबैले जनताकै लागि काम गर्ने हो त्यसैले सबैको सम्मान हुने गरेर काम गर्न जरुरी छ ।”

    उहाँले विगतमा प्रदेश सरकारले विकास निर्माणका आयोजना माग्यो, तर योजना दिएन भन्ने गुनासो गरेको आफूलाई थाहा छ भन्दै कमी कमजोरी सुधारेर सन्तुलन मिलाउने गरेर बहस गर्न आफू तयार रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले प्रक्रियागत रुपमा कसरी आगामी बजेट बिनियोजन गर्ने भन्ने बारेमा पनि आफूले ध्यान दिइरहेको बताउनुभयो ।

    उहाँले प्रदेशलाई एउटा दिशा दिनेखालको योजना बनाउन सबैको सल्लाह, सुझाव आवश्यक भएको पनि बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “तीनवटै सरकारबिच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुको विकल्प छैन्, त्यसैले प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर पटक–पटक छलफल र बहस गरिएको छ ।”

    उहाँले संघ, प्रदेश र स्थानीय तहले एक अर्कामा नबाँझिने गरी कानुन निर्माणको काम गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षदेखि फुटकर योजना कटौती गरेको दावी गर्दै स्थानीय तहले नसक्ने योजनामा मात्र प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।

  • १८ माघ २०८०, बिहीबार २३:३८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित