मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेशका गृहमन्त्रीलाई प्रेस युनियन चार बुँदे ज्ञापनपत्र
  • मार्गरेखा संवाददाता

  • दाङ माघ २२ ।   नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिले विभिन्न ४ बुँदे मागसहित लुम्बिनी प्रदेशका गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समिति अध्यक्ष सुदीप गौतमले गृहमन्त्री सन्तोष पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    प्रेस युनियनले लुम्बिनी प्रदेशको सञ्चार क्षेत्र व्यवस्थित बनाउने सन्दर्भमा सञ्चार समन्वय परिषद गठन, सञ्चार नियमावली निर्माण, सञ्चार रजिस्ट्रार नियुक्ति लगायतका विषयलाई बारम्बार उठान गरी कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आए पनि लागू नभएकाले नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको माघ २० गते अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न बैठकको निर्णय बमोजिम गृहमन्त्रीसमक्ष यथाशिघ्र माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको महासचिव नवीन गिरीले बताए ।

    ज्ञापनपत्रमा लुम्बिनी सञ्चार समन्वय परिषद कानुन बमोजिम व्यवस्थित र समावेशी ढंगले गठन गर्नुपर्ने, सञ्चार नियमावली निर्माण गर्नुपर्ने, सञ्चार रजिस्ट्रार नियुक्ति गर्नुपर्ने र प्रदेश सरकारले विगतमा गर्दै आइरहेको अनलाइन मिडिया सूचीकरण कार्य यसपटक स्थगित गरेकोले अबिलम्ब पत्रिका, रेडियो र टेलिभिजन जस्तै अनलाइन मिडियालाई प्रदेशमा सूचीकरण गर्नुपर्ने माग समेटिएको छ ।

  • २२ माघ २०८०, सोमबार ००:५७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित