मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जानकीमा अध्यक्ष कप खेलकुद सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २२ ।   बाँकेको जानकी गाउँपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको उद्घाटन संघीय सांसद किशोरसिंह राठोर र पालिका अध्यक्ष छब्बन खाँले संयुक्तरूपमा गरे ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद राठोरले विद्यार्थीहरुको पहिलो दायित्व भनेको पढ्नुपर्ने रहेको बताउँदै शरीर र मस्तिस्कलाई स्वस्थ राख्न खेलकुद महत्वपूर्ण कडी भएको बताए  । उनले विद्यालय स्तरमा हुने यस्ता खाले प्रतियोगिताले खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने बताए ।

    गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताए ।  उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले  पनि सम्बोधन गरेका थिए ।

    जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।

    कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ का जगदिशप्रसाद हरिजन, सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • २२ माघ २०८०, सोमबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित