मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डः विभिन्न विधाका खेलहरु सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज २८ माघ / नेपालगन्जको रंगशालामा शनिबारबाट जारी ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्र्तगत दोस्रो दिन आईतबार (आज) विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन् ।
    बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।
    प्रतियोगिता अन्र्तगत आईतबार सम्पन्न छात्र पुरुषतर्फको कबड्डीमा जानकीलाई हराउँदै नेपालगन्ज उपमहानगरपालिका विजयी हुन सफल भएको छ । भने कबड्डी छात्रातर्फ खजुरा गाउँपालिकासँगत पराजित हुँदै नेपालगन्ज उपमहानगरपालिका दोस्रो भएकोछ ।
    छात्र तर्फको कबड्डीमा जानकी गाउँपालिका दोस्रो स्थान प्राप्त गर्न सफल हुँदा कोहलपुर र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
    यस्तै छात्रा कबड्डीतर्फ खजुरा गाउँपालिका दोस्रो हुँदा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरे ।
    ४०० मिटर छात्रतर्फको दौडमा कोहलपुरका निर्मल परियार प्रथम, जानकी गाउँपालिकाका कमल साहु दोस्रो र नेपालगन्जका अनुप थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै ८०० मिटर छात्र दौडमा राप्तीसोनारीका करण नेपाली प्रथम हुँदा राप्तीसोनारीकै राकेश खटिक दोस्रो र खजुराका विराज दर्नालले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    हाईजम्प छात्रतर्फ कोहलपुरका मिलन विश्वकर्मा प्रथम, नेपालगन्जका अनुराग पहाडी दोस्रो र राप्तीसोनारीका प्रदीप विष्टले तेस्रो स्थान प्राप्त गर्नुभयो । भने हाईजम्प छात्रातर्फ कोहलपुरकी निश्मा थारु प्रथम, राप्तीसोनारीकी स्वसिका थारु दोस्रो र बैजनाथकी मनिषा थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    यस्तै ज्याभलिङ छात्रतर्फ नेपालगन्जका विष्णु घर्तीमगर प्रथम, खजुराका सुवाष रानामगर दोस्रो र राप्तीसोनारीका बालकृष्ण थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यसैगरी ज्याभलिङ छात्रातर्फ राप्तीसोनारीकी सुस्मा चौधरी प्रथम, खजुराकी पुष्पा कामी दोस्रो र राप्तीसोनारीकी दीपा थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    यस्तै आईतबार सम्पन्न भलिबलको फाईनलमा छात्रतर्फ कोहलपुर नगरपालिका प्रथम, बैजनाथ गाउँपालिका दोस्रो र राप्तीसोनारीले तेस्रो स्थान पाउन सफल भयो । भने भलिबल छात्रातर्फ राप्तीसोनारी प्रथम, कोहलपुर दोस्रो र खजुरा तेस्रो हुन सफल भयो ।
    तेक्वान्दोतर्फ छात्र र छात्राको विभिन्न ६ वटा विधामा भएका खेलमा कोहलपुर प्रथम, राप्तीसोनारी दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भएको समितिका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिनुभयो ।
    उपाध्यक्ष भट्टराईका अनुसार भोली सोमबार ४×४ रिले, २०० मिटर, ३००० मिटर र त्रिपल जम्पका छात्र र छात्राका दुवै खेल हुनेछ ।
    भने विहान ११ बजे हुने समापन समारोह प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश सांसद माया पुनद्वारा गरिनेछ ।
    प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले बताउनुभयो ।
    उहाँका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।
    बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताउनुभयो ।
    प्रतियोगिता अन्तर्गत पहिलो दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन् । कबड्डी छात्रातर्फ सम्पन्न खेलमा खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगपालिका फाइनलमा पुगेकाछन् । भने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तेस्रो स्थान ओगट्न सफल भएकाछन् । यस्तै छात्रतर्फको कबड्डी भने भोली आईतबार हुनेछ ।
    नेपालगन्ज रंगशालाको कर्भड हलमा भएको छात्र भलिबलतर्फ फाईनलमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिड्नेछन् । शनिबार भएको खेलमा राप्तीसोनारीलाई बैजनाथले र कोहलपुरले नेपालगन्जलाई हराउँदै फाईनलमा पुगेका हुन् । भने नेपालगन्जलाई हराउँदै राप्तीसोनारी तेस्रो स्थान हुन सफल भयो ।
    शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।
    कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो हुनुभयो । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो हुनुभयो । भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गर्नुभयो ।
    यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गर्नुभयो ।
    कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गर्नुभयो । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो हुनुभयो । भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    शनिबार नै सम्पन्न ४×१०० रिले छात्रातर्फ राप्तीसोनारी प्रथम, नेपालगन्ज दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । ४×१०० रिले छात्रतर्फ खजुरा प्रथम, नेपालगन्ज दोस्रो र राप्तीसोनारीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।
    छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली प्रथम, खजुराका राहुल धौलागिरी र कोहलपुरका निराजन शाही तेस्रो हुनुभयो । यसैगरी छात्रा १५०० मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु प्रथम, कोहलपुरकी दिशिखा शाही दोस्रो र राप्तीसोनारीकी सुष्मा खड्काले तेस्रो स्थान हाँसिल गर्नुभयो ।
    छात्र १०० मिटरतर्फ दौडमा बैजनाथका मनोज विक प्रथम हुँदा बैजनाथकै पुरन थापा दोस्रो हुनुभयो भने कोहलपुरका प्रतिक सुनारले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै छात्रा १०० मिटरतर्फको दौडमा नेपालगन्जकी आरुषी भट्टराई प्रथम, राप्तीसोनारीकी सम्झना थारु दोस्रो हुँदा नेपालगन्जकै तुलसी विकले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    छात्रा ४०० मिटर दौडतर्फ राप्तीसोनारीकी अनिसा थारु प्रथम हुँदा राप्तीसोनारीकै रामकुमारी थारु दोस्रो हुनुभयो भने कोहलपुरकी स्वस्तिका शाहीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    छात्र लङजम्पतर्फ राप्तीसोनारीका रमेश थारु प्रथम, बैजनाथका यूवराज खत्री दोस्रो र राप्तीसोनारीकै आशिक थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै छात्रा लङजम्पतर्फ नेपालगन्जकी चमेली चौधरी प्रथम, कोहलपुरकी तुलसी दमाई दोस्रो र बैजनाथकी रेणु विएमले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
    छात्रा शटपटतर्फ नेपालगन्जकी आरुषी भट्टराई प्रथम हुँदा नेपालगन्जकै रिमा राना दोस्रो र बैजनाथकी अस्मिता महतराले तेस्रो स्थान प्राप्त गर्नुभयो । यसैगरी छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम, बैजनाथका अमित सिंह दोस्रो र खजुराका प्रसुन गुरुङले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

  • २८ माघ २०८०, आईतवार १९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित