मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संबिधानको रक्षा गर्दै रुकुमको समृद्धि र बिकासको लागि अगाडि बढ्ने छु । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय
  • गाेबिन्द थापा

  • गाेबिन्द थापा   माघ २८ , रुकुम । नेपाल प्रेस युनियन र नेपाल निजामति कर्मचारी युनियनको संयुक्त आयोजनामा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई बधाई तथा सम्मान गरिएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट स्थित होटेल शिशिरमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई बधाई सम्मान गरिएको हो ।
    बधाई तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पत्रकार तथा निजामती कर्मचारीको हक हितमा निती, नियम निर्माण गर्ने प्रतिबद्वता गर्नु भएको छ । उहाले थप्नु भयो, म संबिधानको रक्षा गर्दै रुकुमको समृद्धि र बिकासको लागि अगाडि बढ्ने छु । अहिले चारै तिरबाट संबिधानमा प्रहार भईरहेको छ , यसको रक्षाको लागि म सधै लागि पर्नेछु । म राष्ट्रिय सभाको सदस्य बन्दै गर्दा रुकुमेली जनताहरूको ठुलो आशा अपेक्षा छन त्यसलाई निरासा हुन दिने छैन, यो मेरो प्रतिवद्वता हो ।

    कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी, सह सचिव यज्ञ बहादुर बिष्ट, वडा नं। १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नं। २ का वडाध्यक्ष दिनेश खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल, नेपाल निजामती युनियनका महाधिबेशन प्रतिनिधी लक्ष्मण बिक कर्मचारी लगायतको आथित्यता रहेको थियो। कार्यक्रम नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी र नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर ओली को संयुक्त रुपमा अध्यक्षता गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन का जिल्ला सचिव करण बिकले गर्नु भएको थियो ।

  • २८ माघ २०८०, आईतवार १९:४२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित