मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल रेडक्रस सोसाइटी उपशाखा गुलरिया (क) को दलगत निर्वाचन काँग्रेस काे पत्ता साफ
  • मार्गरेखा संवाददाता

  • गुलरिया माघ २९ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा गुलरिया (क) को निर्वाचनमा तुल्सिप्रसाद तिमिल्सिनाको  प्यानलै विजयी भएकाे छ । आइतबार राती सम्पन्न मत गणना अनुसार  एक जना सदस्य बाहेक बाँकि सवै पदमा तिमिल्सिना प्यानल  विजयी भएको हाे ।

    गुलरिया क उपशाखाकाे निर्वाचनमा दलगत प्रतिस्पर्धा भएकाे थियाे । एमाले, माओवादी, नेकपा एस र राप्रपाले तुल्सीप्रसाद तिमिल्सनाकाे नेतृत्वमा  प्यानल बनाएकाे थियाे भने नेपाली कांग्रेस, नाउपा र रास्वपाले गाेविन्दप्रसाद लामिछानेकाे नेतृत्वमा  प्यानल बनाएकाे थियाे ।
    आइतवार सम्पन्न भएको निर्वाचनमा ८ सय २१ मतदाता मध्ये ५ सय ४६ मत खसेको थियो । सभापति पदमा गोविन्द प्रसाद लामिछाने २ सय २८ मत प्राप्त गर्नु भएको थियो भने तुल्सिप्रसाद तिमिल्सिनाले ३ सय ४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

    यसै गरी उप सभापतिमा प्रेमकुमारी रिजालले ३ सय मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्दि रेखा भुषाल राइनले २ सय १२ मत प्राप्त गर्नु भएको थियो । सचिवमा बलराम पौडेलले २ सय ८२ मत प्राप्तगरी विजयी हुनु भएको छ उहाका प्रतिद्धन्दि बाबुराम कडेलले २ सय ४३ मत प्राप्त गर्नु भएको थियो ।

    कोषाध्यक्षमा अशोक राज पोख्रेलले २ सय ७७ मत ल्याउदै विजयी हुनु भएको छ उहाका प्रतिद्धन्दि कुमार पुरीले २ सय ३७ मत प्राप्त गर्नु भएको थियो । उप सचिवमा कृष्ण प्रसाद तिमिल्सिनाले ३ सय ४६ मत ल्याउदै विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्दि नारायण प्रसाद चौधरीले १ सय ८१ मत प्राप्त गर्नु भएको थियो । उप कोषाध्यक्षमा प्रभा केसीले ३ सय ९ मत ल्याउदै विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्दि कृष्ण मोहन थारुले २ सय मत प्राप्त गर्नु भएको छ ।

    यसै गरी महिला सदस्य पदमा सरस्वती विकले २ सय ६७ मत ल्याउदै विजयी हुनु भउको छ भने उहाका प्रतिद्धन्दि भवानी कुमारी खत्रीले २ सय २८ मत प्राप्त गर्नु भएको थियो । यसै गरी खुल्ला सदस्यहरुमा शुसील प्रसाद उप्रेती, प्रताप पोख्रेल, माधव पोख्रेल र विरबहादुर बुढाथोकी विजयी हुनु भएको छ ।

    ११ जनाको कार्य समितिमा तुल्सि प्रसाद तिमिल्सिनाको प्यानलबार्ट बाट उम्मेदवार बनेका मध्ये १० विजयी भएका हुन भने एक जना सदस्य विरबहादुर बुढाथोकी गोविन्द प्रसाद लामिछानेका प्यानलका सदस्य विजयी भएका हुन ।

  • २९ माघ २०८०, सोमबार १०:५५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित