मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आम नागरिकमा सरकारप्रति धेरै गुनासो बढदै गएकाे छ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा
  • मार्गरेखा संवाददाता

  • sf7df8f}F, @* kmfu'g M dxfdGqL yfkf k|ltlglw;efsf ;f+;b tyf g]kfnL sf+u|];sf dxfdGqL uugs'df/ yfkf cgfdgu/df cfOtaf/ g]kfn cfly{s kqsf/ ;dfh - ;]hg_ n] cfof]hgf u/]sf] …jt{dfg ;/sf/sf] casf] cfly{s k|fyldstfÚ ljifos cGt/lqmof sfo{qmddf dGtJo /fVg'x'Fb} . tl:a/ M xl//fd e]6'jfn÷/f;;

     चितवन फागुन २ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।

    उनले भने, “सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”

    आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले भने, “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”

    स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।

    पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा सबै चुकेको अनुभूति भएको उनको भनाइ छ । उनले भने, “पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले लगानी भए पनि लाभ लिन नसकेको देखिन्छ ।”

    देशभरका महासमिति सदस्य केही अनुभव बोकेर काठमाडौं आउँदा महासमितिको बैठकमा यी विषष्मा छलफल हुने महामन्त्री थापाले बताए ।  निर्वाचनपछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

    उनले भने, “त्यो आफैँमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिंगो प्रणालीलाई विकृत बनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उनले थपे, “कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन बन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ

  • २ फाल्गुन २०८०, बुधबार १५:३८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित