मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

५ लाख डेनिस क्रोन मुद्रासहित २ पाकिस्तानी पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ    फागुन ३     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

    बुधबार बेलुका फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७५ बाट काठमाडौं ओर्लिएका ३१ बर्ष यासिन अहमद र ४८ वर्षीय मोहमद अनाम लखानी ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा) सहित पक्राउ परेका विमानस्थल स्रोतले बतायो । यो नेपाली रुपैयाँ ९५ लाख ४३ हजारभन्दा बढी हुने प्रहरीको भनाइ छ ।

    विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट डेनिस क्रोन ५ लाख बरामद भएको थियो ।पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाइने प्रहरी स्रोतले बतायो ।

  • ३ फाल्गुन २०८०, बिहीबार ०९:५७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित