मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२०८२ मंसिर भित्र महाधिवेशन गर्ने संगठनात्मक कार्यतालिका महामन्त्री गगन थापाकाे प्रस्ताव
  • मार्गरेखा संवाददाता

  • काठमाडौं फागुन ३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् ।

    बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ ।

    २०७८ मंसिरमा भएको १४औं महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ । त्यस अवधिमा १५औं महाधिवेशन गर्नुपर्ने भन्दै महामन्त्री थापाले कार्यतालिका अघि सारेका छन्, जसअनुसार २०८१ असोजमा विधान महाधिवेशन हुनेछ ।

    त्यसअघि २०८१ साउनसम्म १५औं महाधिवेशनबाट लागू गर्ने गरी विधानमा गर्नुपर्ने संशोधनबारे पार्टीको सबै तहबाट सुझाव संकलन र छलफल गर्ने प्रस्तावित कार्यतालिका छ ।

    महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् । २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाउने कार्यतालिका छ ।

    २०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार १५:५७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित