मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार र संचार संस्थाहरूकाे बिकाश भए मात्र समाजिक, आर्थिक र संस्कृति बिकाश हुने मेयर प्रशान्त बिष्ट
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन ११ । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले  स्थानीय पत्रकार र संचार संस्थाहरूकाे बिकाश भए मात्र समाजिक, आर्थिक र संस्कृति बिकाश हुने बताए ।

    उक्त कुरा आज शुक्रबार बार नेपालगन्ज उपमहानगरपालिका द्वारा आयाेजित स्थानीय संचार संस्था र पत्रकारहरूकाे प्रबर्द्धन कार्यक्रममा बताएका हुन ।

    मेयर बिष्टले  लाेकतन्त्र संस्थागत बिकाश गर्ने दायित्व पत्रकार र संचारकर्मिहरूकाे दायित्व रहेकाे हुनाले संचारकर्मिहरूले स्वतन्त्र निश्पक्ष रूपमा समाचार सम्प्रेषण गर्नु पर्ने बताए ।

    साे कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरूद्विन राईले देशमा प्रजातन्त्र , लाेकतन्त्र र गणतन्त्र स्थापना गर्ने अहम भुमिका निर्बाह गरेका संचारकर्मि, संचार संस्थाहरूकाे आर्थिक रूपमा दयनीय भएकाेले स्थानीय निकायहरूले सहयाेग गर्नु पर्ने बताए ।

    कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका भित्र कार्यक्षेत्र बनाई कार्य गरिरहेका संचारकर्मि, संचार संस्थाका प्रतिनिधि हरूकाे सहभागीता रहेकाे थियोे ।

  • ११ फाल्गुन २०८०, शुक्रबार १८:०६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित