मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतलाई बिजुली बेचेर नेपालले ६ महिनामा १५ अर्बभन्दा बढी नाफा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं  फागुन १६ । नेपाल विद्युत प्राधिकरणले ६ महिनामा भारतमा विद्युत बिक्री गरेर १५ अर्बभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५ अर्ब रुपैयाँले बढी हो ।

    नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षमा प्राधिकरणको कूल नाफा १२ अर्ब रुपैयाँ रहेको देखाएको छ भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै नाफा १५ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १० अर्ब रुपैयाँ नाफा कमाएको थियो । यसरी यसपटक प्राधिकरणले पहिलो त्रैमासमा ५ अर्ब रुपैयाँ बढी नाफा कमाएको छ ।

    प्राधिकरणको तथ्यांक सार्वजनिक गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारी तथा निजी कम्पनीको तर्फबाट भारतलाई विद्युत बिक्री गरेर प्राधिकरणले यो नाफा कमाएको बताए । घिसिङले भारतको नयाँ ऊर्जा नीतिका कारण नेपालका अधिकांश निजी विद्युत कम्पनीले वास्तविक समयमा विद्युत बिक्री गर्ने सुविधा पाएकाले प्राधिकरणको नाफा बढेको बताए । उनले नेपालका विद्युत उत्पादन गर्ने कम्पनीहरूले भारतमा दिन अघि (अर्थात एक दिन अगाडि) र वास्तविक समयमा (अर्थात् एक घण्टाको सूचनामा) विद्युत बिक्री गर्ने सुविधा रहेको बताए ।

    प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा ४५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ । यसमा भारतमा मात्रै ३० अर्ब ४८ करोड रुपैयाँको बिजुली बिक्री भएको छ । यो नाफाले प्राधिकरणलाई नयाँ आयोजना सुरु गर्न सघाउने घिसिङले बताए ।

  • १६ फाल्गुन २०८०, बुधबार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित