मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नतिकाे नेपालगन्ज उपमहानगरपालिका मेयर बिष्ट द्वार शुभारम्भ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन १८ ।    नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ ।
    सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज (शुक्रबार) उक्त योजनाको शुभारम्भ गर्नुभएको छ ।
    आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी ए.एन.डी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिनुभयो ।
    उक्त योजनाको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले सामुदायिक सहभागितामा तोकिएकै समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभयो । कार्यक्रममा उप्रमुख राई, वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १७:१६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित