मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  • गाेबिन्द थापा

  • सुर्खेत फागुन १८ ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड बाबियाचाैर सुर्खेतले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको पन्चपुरि नगरपालिका वडा नम्बर १०जामु सुर्खेत मा रहेको श्रि जनज्योति मा.बि बिध्यालयका बिधार्थिहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो ।

    कार्यक्रममा महिला उद्यमशीलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा लघुवित्त वित्तीय संस्थाको महत्त्व, कर्जाको सही सदुपयोग कसरी गर्ने लगायतको बारे अभिमुखिकरण प्रदान गरिएको मेरो माइक्रोफाइनान्स लघु बित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत  युधिर बस्नेत ले जानकारी दिनुभयो ।

    कार्यक्रममा सहभागि बिधार्थिहरुले बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा मेरो माइक्रोफाइनान्स लघु बित्तलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक बित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताएका छन ।

    कार्यक्रमको सजिकरण मेरो माइक्रोफाइनान्सका शाखा प्रबन्धक लयन बहादुर शाही र अनुगमन अधिक्रित युधिर बस्नेत लगायतका कर्मचारीहरुले गरेका थिए ।

  • १८ फाल्गुन २०८०, शुक्रबार २१:४० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित