डडेलधुरा फागुन २० । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां अमरगढी शाखाले बिमा बाफतको ३ लाख रूपैया कर्जा मिनाहा र १० हजार रुपैया काजकिरिया खर्च सहयोग गरेको छ ।
उक्त रकम अमरगढी शाखाका प्रबन्धक पदम रज जोशीले हस्तान्तरण गर्नुभएको हो । मेरो जयभैरव महिला केन्द्रमा बचत तथा कर्जाको कारोबार गर्दै आउनु भएकी देवकी कुमारी शाहीको श्रीमानको कात्तिक १८ गते ह्दयघातको कारण निधन भएको थियो । उहाँ मेरोमाइक्रोफाइनान्स अमरगढी डडेल्धुरा शाखा अन्र्तरगत बिगत २०७५ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो ।