मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट बाट १ करोड ८५ लाख लागतकाे बहुउद्देश्यीय भवन उद्घाटन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन २२ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज (मंगलबार) एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन सञ्चालनमा आएको हो ।
    २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको हो । १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ ।

    खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरुमार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजना ब्यवस्थापन कार्यालय प्रमुख रत्न प्रसाद लामिछानेले नगर प्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनको लागि स्वामित्वपत्र हस्तान्तरण गर्नुभएको हो ।

    त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने बताउँदै स्थानीयहरुको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने अवस्था बनेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

  • २२ फाल्गुन २०८०, मंगलवार १९:४९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित