मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एकीकृत समाजवादी पार्टीले लिखित रुपमा सहमति भएपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अघि सारेका मागहरूमा  लिखित रुपमा सहमति भएपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’ले लिखित रुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको हो।

    पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीले अघि सारेका मागहरू प्रधानमन्त्री प्रचण्डले लिखितरुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने निर्णय भएको जानकारी  दिए।  तर, उनले मागहरू के- के हुन् यसबारे भने केही बोलेनन्।

    उनले भने,’भोलि हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचन र पर्सी प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतबारे आज निर्णय गरेका छैनौं। उहाँलाई हामीले केही कुरा भनेका छौं।  यद्दपि उहाँले त्यो कुरामा लिखितरुपमा सहमति गर्नुभयो भने हामीले राष्ट्रियसभाको निर्वाचन र प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं।’

    उनले पार्टीले अघि सारेका विषयहरू कार्यान्वयन भएन भने भोट दिइरहन आवश्यक नहुने बताए। उनले सरकार रहिरहने वा ढाल्न कुरा प्रधानमन्त्री प्रचण्डको भरमा रहेको उल्लेख छ।  उनले भने,’उहाँले हाम्रा कुरामा  सुनुवाइ भोट दिइरहनु आवश्यक देख्ननौं। सरकार रहिरहने वा ढल्ने कुरा प्रधानमन्त्री प्रचण्डको व्यवहारमा भर पर्ने उल्लेख छ।  उनले भने,’सहमति भयो भने प्रधानमन्त्रीले भोट पाउनु हुन्छ, सहमत हुनु भएन भने पाउनु हुन्न।’

     

  • २८ फाल्गुन २०८०, सोमबार १७:२३ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित