मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बांके प्रहरीले स्रोत नखुलेको सवा करोड रुपैयाँसहित ६ जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन २८ ।    बांके प्रहरीले आज सोमबार  नेपालगञ्ज अर्को हुण्डी कारोबारी अडडामा छापा मारेर करिब १ करोड फेला पारेको छ ।  सोमबार नेपालगञ्ज उप–महानगरपालिका वाडनम्बर ४ बस पार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा छुटटा छुटटै होटेलमा छापा मारेर ९९ लाख ३७ हजार ४ सय ८८ रुपैया सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बांके र राष्ट्रिय अनुसन्धान बांकेले लामो समय देखि अबैध धन्दा गर्नेहरुको प्राप्त बिवरणहरुको आधारमा गरिएको अप्रेशनको क्रममा नेपालगञ्जको बस पार्क नजिक रहेका २ वटा होटेलमा सोमबार बिहान प्रहरी छापा मारेको थियो ।

    बस पार्क नजिक रहेको होटेल सन्तोष दंगालीको कोठामा बसेका नेपालगञ्ज– १४ बस्ने ३५ बर्षिय रोहीत क्षेत्री,  दांग तुल्सीपुरका बताउने ४३ बर्षिय कृष्ण बिक र भारत निवासी राहुल जैसवाललाई नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक छानबीनको क्रममा निजहरुबाट स्रोत नखुलेको नेपाली रुपैया ५८ लाख ३३ हजार ४ सय ८८ रुपैया फेला पारेको छ ।

    त्यसैगरि बस पार्क कै अर्को होटेल कालिका होटेलमा छापा मारेर छानबीन तथा खोज तलास गर्दा सो होटेलमा बसेका नेपालगञ्ज–१६ जैसपुरका ५० बर्षिय सलिम जोलाह र २५ बर्षिय आसिफ अन्सारीबाट ४ लाख ४० हजार भारतिय रुपैया र ३४ लाख नेपाली गरि ४१ लाख ४ हजार फेला पारेको छ ।अप्रेशन हुण्डी सञ्चालन गरेको घटना क्रमले देखाएको छ ।

    हिजो हुण्डी कारोबारीबाट घटनास्थलमा ३८ लाख ६४ हजार पक्राउ गरेकोमा पछी निजहरुको शरीरको खान तलासी गर्दा समेत कुल ३९ लाख २० हजार रहेको बांकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले जानकारी दिनुभएको छ ।

  • २८ फाल्गुन २०८०, सोमबार १७:४० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित