मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैंकहरूले चैत महिनाका लागि घटाए ब्याजदर
  • मार्गरेखा संवाददाता

  • काठमाडौं  फागुन ३० ।चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

    एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८..५४८ प्रतिशत छ ।

    बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।

    माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ

    व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।

    ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन् । ‘निक्षेप बढीरहेको छ, कर्जा सोअनुसार प्रवाह भइरहेको छैन, यस्तोमा ब्याजदर घट्नै नै देखिन्छ’ उनले भने । सभार – अनलाईन खबरबाट

    बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 

    बैंक फागुनको ब्याजदर चैतको ब्याजदर
    कृषि विकास ६.४४३ ५.६६
    एभरेष्ट ८ ६.५
    नेपाल ७.२५ ७
    लक्ष्मी सनराइज ८ ७.५
    माछापुच्छ्रे ८ ७.७५
    एनआईसी एसिया ८ ८.५४८
    प्रभु ७.५ ७.५
    स्टान्डर्ड चार्टर्ड ७.३५ ७
    राष्ट्रिय वाणिज्य ७.३५ ७
    नबिल ७.७५ ७.२५
    ग्लोबल आईएमई ७.६ ७.६
    सिद्धार्थ ८ ७.५
    प्राइम कमर्सियल ७.४ ७.२५
    कुमारी ८.०१ ७.५१
    सानिमा ७.५१ ७.२५
    हिमालयन ८.१५ ७.५
    नेपाल एसबीआई ८.१ ७.०१
    नेपाल इन्भेष्टमेन्ट ८ ७
    एनएमबी ८.५ ७
    सिटिजन्स ८.२५ ७.७५
  • ३० फाल्गुन २०८०, बुधबार १०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित