मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पश्चिमी रूकुमकाे चौरजहारी नगरपालिकाले ५४ वटा घरलाई ५४ वटा पक्की धाराहरु निर्माण
  • गाेबिन्द थापा

  • गाेबिन्द थापा

    पश्चिमी रूकुम चाैरजहारी चैत्र ५ । पश्चिम रूकुम चौरजहारी नगरपालिकाले  मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  एक घर एक धारा निर्माण सम्पन्न गरेकाे छ ।

    नगरपालिकाकाे  वडा नं १२ का बासिन्दाहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उदेश्य सुरू गरिएकाे  सुर्किमारे सौर्य खानेपानी आयोजनाको निर्माणकाे  मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रु १५ लाख रूपैया काे आर्थिक सहयोग  र जनश्रमदान गरि २ लाख ३९ हजार ३४२ रूपैया गरि १७ लाख ३९ हजार ३४२ लागतमा ५४ वटा खानेपानी धारा सहित सहित एउटा २२ घनमिटरको पक्की ट्याङ्की निर्माण गरिएको  कुरा समितिका सचिब रामलाल शर्माले जनाएका छन।

    उक्त योजना कार्यान्वयनका लागी मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रु १५००००० ( अक्षरुपी रु पन्ध्र लाख ) बजेट स्विकृत भएको थियो । रामचन्द्र ओलीको अध्यक्षतामा ७ सदस्यी समितिले गत पौष महिनाको २४ गतेबाट काम सुरु गरी चैत ०५ गतेभित्र सम्पन्न गर्ने गरी कार्यालय संग सम्झौता गरेको थियो । उक्त समितिले समयसिमा अगावै काम सम्पन्न गरेको छ ।

    आयोजना सम्पन्न गर्नका  लागि  प्रत्येक उपभोक्ताले जनश्रमदान वाफत ५।५ दिन काम गरेका थिए ।

    पानी बोक्ने समस्याबाट मुक्त :
    आफ्नो घरको आँगनमै धारामा पानी आएपछि  उपभोक्ता  लक्ष्मी खड्का ओलीले खुसी लागेको बताउदै केही बर्ष अघि  २ घण्टा लगाएर पानी बोकेर ल्याउनु पर्थ्यो । त्यसपछि लिफ्ट खानेपानीको निर्माण भयो  त्यसबाट एउटा टोलमा एउटा पाइपलाइबाट पानी पालो लगाएर खाइरहेका थियौ । पानीको सधै अभाव हुन्थ्यो  अब त्यो समस्याबाट मुक्त भएका छौ घरको आँगनमै धारामा पानी आयो खुसी लागेको छ ।

  • ५ चैत्र २०८०, सोमबार १२:३२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित