मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहकारी ठगीका सम्बन्धमा अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने एमाले सांसदको माग
  • मार्गरेखा संवाददाता

  • ‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्‍याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’

    साथै सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए । ‘सम्पतिको स्रोत प्रमणित गरौं । यी दोस्रो खाले सहकारी (रकम संकलन गर्ने)ले जम्मा गरेको सम्पतिको स्रोत के हो ? त्यो कुराको प्रमणित गर्न लगाऔं,’ सांसद पोखरेलले भने ।

    सहकारीका ऋणीहरुको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘ऋणीहरु कुन प्रकारका छा सदस्यहरुको बीचबाट बनेका ऋणीहरु हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरु हुन् ती ऋणीलाई खोजौं ।’

    ऋण फर्काउनै पर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरुसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गर्नुपर्ने उनले बताए । यसो गरे सहकारी समस्याका सम्बन्धमा समाधान निकाल्न सकिने उनको भनाइ छ ।

  • ५ चैत्र २०८०, सोमबार १३:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित