मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शसस्त्र प्रहरी प्रधान कार्यालयद्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  । शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाँके डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको छ ।
    शसस्त्र प्रहरीलाई सामाजिक, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाँको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सम्मान गरेको हो । ‘२३औँ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको थियो ।
    शसस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले एक कार्यक्रमका विच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो । शसस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगन्जमा प्रदान गरिएको हो ।
    कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी र जनताविचको सम्वन्ध सुमुधुर गर्नपर्नेमा जोड दिदै हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
    –––

     

  • ७ चैत्र २०८०, बुधबार १०:०५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित