मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुडुवा गाउँपालिकाले लुम्बिनी प्रदेश मै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके)  । बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत दुई वटा स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका छन । लुम्बिनी प्रदेश मै पहिलो किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।
    नेपाल सरकारले निमार्ण गरेको ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीले मुल्याकंनको मापदण्ड अनुरुप घोषणा गरिएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसुचकलाई मुल्याकनका आधारमा दुबै संस्थाले ल्याएको अंकलाई विशलेषण गरि घोषणा गरिएको हो ।
    युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्र्तगत भेरी बाताबरणीय विशिष्टता समुह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
    स्वास्थ्य संस्थामा सेवा, व्यवस्थापन समितिमा सहभागिता, भौतिक पुर्वाधार संरचना, औजार उपकरण, विभिन्न सेवा प्रवाह, साञ्चर सामाग्री लगायतको विषय र क्षेत्रमा अध्ययन गरि मार्किङ्गका आधारमा सबै सूचक कार्यन्वयन भएको पाइएपछि घोषणा गरिएको हो । डुडुवाका अन्य स्वास्थ्य संस्थाहरुमा मुल्याकन गरि सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्ययोजना निमार्ण गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
    बुधबार एक समारोहका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले घोषणाको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा विशेष गरि किशोर–किशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समान रुपमा पहुच अभिबृद्धिका लागि कार्यक्रम संचालन गरेको हुनाले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयो ।
    किशोर अवस्था एउटा यस्तो अवस्था हो, यो अवस्थाले भविष्य निर्धारण गर्ने भएकाले स्वास्थ्यको क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा जोड दिदै अध्यक्ष चौधरीले डुडुवाका सबै स्वास्थ्य संस्था, लगायतका कार्यालयहरुमा सबैको बराबर पहुँच र सहभागितामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भुमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
    घोषणा कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष झंकबहादुर थापा, वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, स्वास्थ्य कार्यालयका परिवार स्वास्थ्यका फोकल पर्सन विष्णु श्रेष्ठ, युएसएआइडी लुम्विनी प्रदेशका परियोजना अधिकृत भावना पौडेल, केयर नेपालका असरफ अन्सारी, वी ग्रुपका केशव राना लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, समुदायका किशोर किशोरी लगायतको उपस्थिती रहेको थियो ।
    डुडुवामा ६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन । डुडुवाले घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । भने तीन स्थानमा निशुल्क प्रयोगशालाको समेत व्यवस्था गरेको छ ।

  • ९ चैत्र २०८०, शुक्रबार ११:५२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित