मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके कारागारका एक जना कैदीको मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, चैत २१ गते। नेपालगन्जस्थित बाँके कारागारका एक जना कैदीको मृत्यु भएको छ। कारागारका जेलर अर्जनजंङ्ग शाहले दिनुभएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातले मृत्यु भएको हो। 

    जेलर शाहका अनुसार बुधबार बिहान जोलाहको स्वास्थ्यमा समस्या आई एक्कासी छाती दुखेपछि उनलाई उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएकोमा त्यहाँको त्यहाँ मृत्यु भएको थियो।

    मृतक जोलाह तीन महिना अघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएपछि कारागारमा कैदीको रुपमा रहदै आएको कारागारले जनाएको छ।

    गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार आएको जेलर शाहले जनाएका छन ।

  • २१ चैत्र २०८०, बुधबार १७:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित