धनगढी चैत २१ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन्
तर श्रेष्ठको निर्देशन विपरीत प्रदेश संसदीय दलले ह्वीप जारी गरेको हो ।
श्रेष्ठले प्रदेश कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाएकी छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् ।
प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ५ सांसदलाई मन्त्री बनाएका छन् ।