मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसको १५ औं नियमित महाधिवेशनका लागि पाँच समिति गठन, प्रचारप्रसारको जिम्मेवारी महतलाई
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न पाँचवटा समिति गठन गरिएको छ। महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले प्रचारप्रसार, अतिथि सत्कार, प्रशासन समन्वय, सांस्कृतिक तथा स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन्।

    महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मनोनयन भएका छन्।

    त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना मनोनयन भएका छन्।

    यसैगरी, स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ।

    नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुँदैछ। महाधिवेशनको तयारीलाई तीव्रता दिँदै आयोजक समितिले व्यवस्थापनका विभिन्न पक्षलाई समेटेर समिति गठन गरेको हो।

    समितिहरूको मनोनयनसम्बन्धी जानकारी सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।

  • ११ मंसिर २०८३, शुक्रबार १६:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित