मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

खेतबारीमा लगाएको बाली बादरको आहारा भनेपछि बाजुराका कृषक चिन्तामा
  • उमेश रोकाया

  • उमेश रोकाया, बाजुरा चैत २६। मंसिर महिनामा खेतबारीमा लगाएका गहुँ र जौ जमिन छरिएको बाली उब्जनीमा बदरले खाएर नष्ट गरेका छ्न। जमिन जतिसुकै अन्न बाली लगाएपनी बादर नराख्ने गरेको छ। जति गरेपनि बादरले गर्दा गाउँका अधिकास हिउँदे र बर्खा सिजनमा लगाएको कृषि क्षेत्रको लगानी बादरले खाने गरेपछि नष्ट गरेको छ। बाली उत्पादन हुने तर बादरले खाएर सखाप पर्ने अवस्था भएको हुँदा कृषक मारमा परेको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँका कर्णसिंह रोकायाले बताए।

    अहिले सम्म विभिन्न तरिकाले बादर हटाउन उपाय गरेपनि एकचोटि भाग्ने फेरि फर्केर आउने गरेका छन। खेतीपाती उब्जाएको अन्न बालीको भरमा जीवन निर्वाह गरिरहेका कृषक अहिले लगाएको बाली बादरले खाएर हैरान गरेपछि कृषकलाई चिन्ताजनक महसुस भएको छ। उब्जाएको बाली केहि रोगले र केही बादरले टिपेर खाने अवस्था पुगेकाले निकै समस्यामा अल्झनु पर्ने बाध्यता रहेकोे स्थानीय चिन बहादुर रोकायाले बताएका छ।

    हाम्रो गाउँमा सबैभन्दा बढी उत्पादन हुने गहुँ र कोदो फलाउने गरेका छन। त्यसलाई लगाएको बालीमा बादर दैनिक दिनमा आएर उब्जाएको बाली नाङ्गो गरेका छन। यसलाई हटाउन जतिसुकै प्रयासमा लागेपनी अहिलेसम्म हटाउन सकेको छैनौं। बाह्रै महिना कोदो र गहुँको बाली लगाउने गरेका भएपनि यता भने बादरले जमिनमा बाली उम्रनु साथ बादरका हातमा पर्ने गर्छन्। यसलाई समाधान उपायमा खोजीमा रहेकोे हिमाली गाउँपालिका वडा नमूना ६ पाँडी गाउँकि नाउता रोकायाले बताए ।

    आजभोलि मात्र होइन बाली बादर लागेर खाने प्रवृत्ति पहिलो बाट भएपनि अहिले पहिला भन्दा धेरै लाग्ने गरेको हुँदा पाँडी गाउँका अधिकास कृषक समस्या परेका छन। गाउँमा जतिसुकै धान, गहुँ, कोदो, सिमि, मकै र धानको बाला सहित बादरले खाएर कृषि क्षेत्रको उब्जनीमा क्षति हुँदा कृषक अहिले वर्ष भरीके खाने भन्ने चिन्तामा अलमल परेका छन। कृषि क्षेत्रमा जतिसुकै दुख कष्ट गरेपनि बादरले केही नराख्ने अवस्था पुर्‍याउने भएपछि झन समस्या भएको छन।

    जति अन्न बाली फलाउने कोसिसमा लागेपनी उब्जाउनु पर्ने मुख्य बालीनली बादरले सखाप पारेर हैरान पारेका छन। एक वर्षमा दुइटा बाली जग्गा जमिनमा छर्ने तथा लगाउने काम निरन्तर दिएपनी बादरले दैनिक दिनमा खानेगरेको हुँदा अब हामी के खाने र कसरी घरपरिवार पाल्ने समेत अवस्था पुगेका छौँ। त्यसले गर्दा उब्जाएको बादरले खाएपछि मान्छेले कसरी ज्यान पाल्न सक्ने सम्भावना न्यून अवस्था रहेकोे पाँडी गाउँका स्थानीय कालो थापाले बताए।

    गाउँमा जतिसुकै कृषि क्षेत्रमा लगानी गरेर उब्जनीमा राम्रो प्रतिफल पाउने आशामा भएपनि यहाँ बादरले जमिनमा लगाएको बाली काचो, पाको जस्तो खालको अन्न बाली केही नराख्ने भएका छन। केही ठाउँमा बादरले बालीमा ठुलो क्षति पुर्‍याएको कारणले कुनै ठाउँको जग्गामा बाली बिउ नछर्ने खाली बाजो राख्ने गरेका छौँ। त्यसले गर्दा अन्न उब्जनीमा कमि हुन आएको देखिन्छ। घर भन्दा बाहिर जग्गा जमिनमा लगाएको स्याउ, आरु विभिन्न फलफूलमा रुखमा फल्दा फल्दै बादरले खाएर थप समस्या निम्त्याएको छ।

    बालीमा बादरले धेरै ठाउँमा क्षति पुर्‍याउने गरेको छ। यसले गर्दा गाउँका सबै कृषकलाई मुख्य समस्या परेका छन। जसका कारण आजभोलि कति दिन हेर्ने मान्छे लगाएपनी नसकिने खालको अवस्था भएको छ। यसले कृषकलाई खान र घरपरिवार चलाउनका लागि धेरै समस्या उत्पदन हुने भएको छ। बादर हटाउने उपाय तथा विकल्प स्थानीय सरकार गैरसरकारी संस्थाहरुले सहयोगका लागि कृषकले ध्यानाकर्षण समेत गराएको स्थानीय कृषकले बताए ।

  • २६ चैत्र २०८०, सोमबार ११:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित