मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरामा कागतीले बजार नपाउदा रुखमै थन्किए कृषकहरू चिन्तितमा
  • मार्गरेखा संवाददाता

  • उमेश रोकाया बाजुरा- चैत्र २६ । हिमाली गाउँपालिका वडा नम्बर ६ को कापुचौर नजिकैको क्षेत्रमा रहेकोे ठाउँमा विगत ५ वर्ष बाट कृषक अंग बहादुर साउद खेतबारीमा काम गर्दै आउनुभएको छ। कागती फलाउन लागेको करीब ३ वर्ष भैसकेको छ। आफू संग उत्पादन भएको कागती बिक्रीवितरण गर्ने धुलाचौर र कोल्टी क्षेत्र बजार लिएर बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन। फलेको कागती बजारीकरण नपाउदा रुख बाट झरेर बारीमा खेर जाने गरेको छ।

    आफू १६ वर्ष नेपाली प्रहरी जागीर गरेर रिटार भएर आफ्नो खेतबारीमा काम गरेर केहि आम्दानी हुने खेतीयोग्य गर्नुपर्छ सोचेको जुन योजना छ। त्यसमा आफु असफल भएको महसुस भएको कुरा बताएका छन। जागिर अबधि सकिएर घर आइसके पछी कागती खेतिमा अर्थ प्रयास गरिएको थिए। जुन आफुले लगाएको कागती फलेर लटरम्म हुँदा निकै खुशी भएको थिए। फलिसकेपछी बजारमा बिक्री गर्न जादा बजार नपाउदा निकै दुखी अवस्था रहेकोे कृषक साउदले बताएका छन।

    कागत फलाएर बिक्री नहुदा आफ्ना मान्छेलाई नासुको रूपमा वितरण गर्ने गरेको छ। कागती खेती गरेपनि बिक्रीमा निकै समस्या हुँदा अहिले समस्यामा परेका उनको भनाइ छ। आफू खाएर अरु लाई दिदा दिदै पनि आफ्नो परिश्रम र लगानी अनुसार घाटामा परेको उहाँको भनाइ छ। केहि कागती बोट बाट झरेर बारीमा केही कुहिएर सखाप भएको छ। भने केही घरमा आउने आफ्ना आफन्त टिपेर लिने गरेको छ।

    पहिलो पटकको कागती रुख बाट निकाले १ क्वीन्टल जति खाल्डामा गाडेर राखेको छ। खाली राख्दा सुकेर अथवा कुइर फाल्नुपर्ने अवस्था हुँदा जमिन गाडेर राखेको छ। कागती सिजनमा बजार नपाउदा केही महिनाका लागी खाल्डामा पुरेर राखेको छ। बैशाख महिना निकाल्ने गरेर राखेको छ। कुइन्छ कि कुइदैन भन्ने परिक्षणका खाल्डोमा राखिएको छ। धुलाचौर र कोल्टी बजार बिक्री गर्न लिदै गर्दा एक दानाको २ रुपैयाँको दरले बेच्दा पनि बिक्री हुनसक्ने सम्भावना कम हुँदा अहिले समस्या भएको छ।

    कागती गाउँमा लिएर करिब २५ के.जी. जति सिमी संग साटासाट गर्दा पनि स्थानीयले नलिएको त्यतिकै फिर्ता दिएर घरमा ल्याएको कृषक अंग बहादुर साउदले बताएका छन। अहिले कागती बिक्री नहुदा आफ्ना आफन्त लाई नासुको रूपमा दिइने गरेको छ। गाउँमा बिक्री गर्दा चुकिलो भनेर किनेर लिदैन कसैलाई तपाइँ लाई निशुल्क दिइयो भने कागती खाने गरेको छ। केही आम्दानी हुन्छ कि भनेर पेशाको रूपमा लागेर पनि बिक्रि नहुदा अहिले अन्योलमा परेको कृषक साउदले बताएका छन।

    कागती खेती गर्नका लागि ५ वर्ष नाघेको छ। फल्न सुरु गरेको ३ वर्ष भएपनि फल लागेर बारीको बोटमा थन्किएको छ। केहि खाली बारीमा झरेर कुइएर नष्ट भएर जाने गरेको छ। बजार नपाउदा सबै कागती दाना बारीको सडेको प्रशस्त अहिले पनि उत्तिकै दाना देख्न सकिन्छ। एउटा मुख्य बजारीकरण समस्या घरदैलोमा सडक संजाल नपुगेर पनि ठुलो मर्कामा परेको छु। घर आगन सम्म सडक पुग्यो भने धेरै मुल्यमा जान सक्ने सम्भावना आशा बोकेको देखिन्छ।

    यातायात कमिले गर्दा कागती बजारीकरणमा निकै समस्या भएको छ। अहिलेसम्म ५ क्वीन्टल कागती फलेको भएपनि बजार सम्म पुर्‍याउन पिठ्युँमा बोकेर लिन घण्टा पैदल यात्रा गरेर हिड्न समस्या भएको छ। यातायातको पहुँचमा पुगियो भने लगाएको कागती बजार पाउने सम्भावना बोकेको छ। कागती खेती गर्दा अति उत्तम लाग्छ। जुन व्यवसायी रूपमा खेती गरेपनि आमदानी कम खर्च बढ्दो अवस्थामा रहेकोे छु। आफू खानेकी कति अरु लाई दिइने दिदा दिदै पनि धेरै कागती दाना बोटमै थन्किएको छन। सरकारले फलफूल र हरियो सागपात लगाउ भन्ने गरेपनि वास्तविक अहिलेसम्म कागतीले बजार नपाउदै गर्दा लगानीमा चिन्ता महसुस भएको कृषक साउदले बताएका छन।

    कतिपय बोट कागती बाह्र महिना फल्ने रुख लगाएको छन। भने १२ वटा बोटा सिजनमा मात्र लाग्ने गरेका छन। जसले गर्दा कागती मात्र नभई आलु, फर्सी, स्याउ, ओखर र आरु जस्ता फलफूल तथा तरकारी लगायत बारीमा फलाउने गरेपनी अहिले बजारको समस्याले गर्दा धेरै दुख झेल्नुपर्ने अवस्था सिर्जना भएको छ। लगाएको फलफूल बजारीकरणका सहजीकरण गर्नका लागि स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका रहोस् भन्ने आशा समेत व्यक्त गरेका कृषक साउद बताउनुभयो।

  • २६ चैत्र २०८०, सोमबार १५:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित