नेपालगन्ज चैत्र २९ ।नेपाली काँग्रेस बाँके क्षेत्र न. २ ले समुदायमा काँग्रेस अभियान कार्यक्रम लाई सफल बनाउनेका लागि बहिबार पत्रकार भेटघाट कार्यक्रम गरेकाे छ ।
पत्रकार भेटघाट कार्यक्रममा समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद कार्यक्रम बाँकेमा २०८१ बैशाष १ गते नेपालगन्ज उपमहानगरपालिका त्रिभुवन चाैक र डडुवा गाउपालिकाकाे कम्दीकाे मिलन चाैक गरिने नेपाली काँग्रेस बाँके क्षेत्र न २ का अध्यक्ष रमेशकुमार गुप्ता ले जानकारी दिए ।
संवाद कार्यक्रमा नेपाली काँग्रेस का महामन्त्री गगन थापाले स्थानीय जनता संग प्रत्यक्ष संवाद गर्ने जनाइएकाे छ ।
पत्रकार भेटघाट कार्यक्रम विभिन्न संचार संस्था मा उपस्थिति रहेकाे कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, नेपाली काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष गाेपाल अधिकारी, सचिव सुद्वान्सु काेईराला, नेपाली काँग्रेस बाँके प्रदेश ख का अध्यक्ष जितेन्द्र बहादुर हमाल लगायत काे उपस्थिति रहेकाे पत्रकार भेघाट कार्यक्रम सचिव सुनिल सिह हमालले संचालन गरेका थिए ।