मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा र नेपालगन्जमा नेपाली काँग्रेस महामन्त्री गगन थापाले स्थानीय जनता संग प्रत्यक्ष संवाद गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज चैत्र २९ ।नेपाली काँग्रेस बाँके क्षेत्र न. २ ले समुदायमा काँग्रेस अभियान कार्यक्रम लाई सफल बनाउनेका लागि बहिबार पत्रकार भेटघाट कार्यक्रम गरेकाे छ ।
    पत्रकार भेटघाट कार्यक्रममा समुदायमा काँग्रेस अभियान अन्तर्गत संवाद कार्यक्रम बाँकेमा २०८१ बैशाष १ गते नेपालगन्ज उपमहानगरपालिका त्रिभुवन चाैक र डडुवा गाउपालिकाकाे कम्दीकाे मिलन चाैक गरिने नेपाली काँग्रेस बाँके क्षेत्र न २ का अध्यक्ष रमेशकुमार गुप्ता ले जानकारी दिए ।
    संवाद कार्यक्रमा नेपाली काँग्रेस का महामन्त्री गगन थापाले स्थानीय जनता संग प्रत्यक्ष संवाद गर्ने जनाइएकाे छ ।

    पत्रकार भेटघाट कार्यक्रम विभिन्न संचार संस्था मा उपस्थिति रहेकाे कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि, नेपाली काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष गाेपाल अधिकारी, सचिव सुद्वान्सु काेईराला, नेपाली काँग्रेस बाँके प्रदेश ख का अध्यक्ष जितेन्द्र बहादुर हमाल लगायत काे उपस्थिति रहेकाे  पत्रकार भेघाट कार्यक्रम सचिव सुनिल सिह हमालले संचालन गरेका थिए ।

  • २९ चैत्र २०८०, बिहीबार ११:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित