मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नु पर्ने शेखर काेईराला
  • मार्गरेखा संवाददाता

  • घाेराइ दाङ चैत्र २९ ।   नेपाली कांग्रेसका नेता शेखर कोइरालाले  देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुको विकल्प नभएको बताएका छन ।

    दाङको घोराहीमा बिहीबार आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

    “मैले देश बचाउनकै लागि संसद्‌मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ,” उनले भने, “राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।”

    नेता काेईरालाले राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको बताउदै नेताहरूले पहिले आफू त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको बताएका छन  ।

    नेता काेईरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिनेसमेत बताए ।

  • २९ चैत्र २०८०, बिहीबार १८:५७ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित