मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्की
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज बैशाख  २  : बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले  सूचनाको सुरक्षा गर्न पत्रकारहरुलाई आग्रह गदै  आफ्नो कार्यकाल मिडियामैत्री हुने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार   आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक कार्कीले सो प्रतिबद्धता जनाएका हुन ।

    उपरिक्षक कार्कीले  प्रहरीसँग भएका सबै सूचना अनुसन्धानमा प्रभाव नपार्ने गरी उपलब्ध गराउने बताउदै  अपराध नियन्त्रणमा शुन्य सहनशिलता अवलम्बन गर्ने दृढता ब्यक्त गर्दै  प्रहरी संगठनलाई पूर्ण व्यवसायिक बनाइने बताए ।

    साेही कार्यक्रममा  बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतिका ६४ मुद्दामा ५४ वटा मुद्दाको फच्र्यौट गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फच्र्यौट भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फच्र्यौट भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फच्र्यौट भएको जानकारी दिए ।

    त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फच्र्यौट भएको साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वटा मुद्दा दर्ता भएकोमा ७ वटा मुद्दा मात्र फच्र्यौट भएको छ भने ७८ वटा मुद्दा तालुक कार्यालयमा पठाइएको छ ।

    जिल्लामा चैत्र मसान्तसम्ममा १ हजार ८६ मुद्दा दर्ता भएकोमा सोही अवधिमा अनुसन्धानका लागि ५ हजार ८१ जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डाँगीले बताए । प्रहरीले फैसला कायान्यन तर्फ २ सय ३२ जनालाई पक्राउ गरि अदालतमा बुझाएको र २३ लाख ४७ हजार जरिवाना असुल गरेको प्रहरीले जनाएको छ । सो अवसरमा उपस्थित पत्रकारहरुले प्रहरीलाई व्यवसायिक बन्न र समयमा सूचना उपलब्ध गराउन आग्रह गरेका थिए ।

  • २ बैशाख २०८१, आईतवार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित