मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार, कस कस ले ५ बजे शपथ लिदैछन् ( नामावली ) सहित
  • मार्गरेखा संवाददाता

  • दाङ देउखुङ बैशाख ६ ।   लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।  संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् ।

    त्यसका लागि महराले बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग छलफल गरेका थिए । छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

    मुख्यमन्त्री कार्यालयमा भएको दलका नेताहरूको छलफलमा मन्त्रालय बाँडफाँट टुङ्गाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ ।विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

  • ६ बैशाख २०८१, बिहीबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित