मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मन्त्री नपाएपछि जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बाेलायाे समर्थन कायम
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख ९ । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

    जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा राजीनामा बुझाएका हुन् ।

    माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्री परिषद गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषि मन्त्री काे जिम्मेवार  पाए ।

    तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन दियो । दलकै निर्देशनमा उनले राजीनामा दिएका छन् । ‘पार्टीले सरकारमा जान भनेपछि गएँ’, अहिरले  ‘अस्ति पदभार ग्रहण नगर्न भन्यो, अहिले राजीनामा दिन भनेपछि दिएँ ।अहिले एउटामात्र दिएपछि सरकारबाट मन्त्री फिर्ता बोलाइएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । ‘मुख्यमन्त्रीजीले बेइमानी गर्नुभयो । त्यसैले मन्त्रीलाई फिर्ता बोलाइएको हो’, उनले भने ।

    ३ सांसद भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । ८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा मुख्यमन्त्री महरासँग ४८ सांसदको साथ छ ।

  • ९ बैशाख २०८१, आईतवार १३:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित