मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुराकाे धुलाचौरमा ड्रिम लाइन एजुकेशन हब उद्घाटन
  • उमेश राेकाय

  • उमेश राेकाय

    बाजुरा बैशाख १६। जिल्लाको हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा ड्रिम लाइन एजुकेशन हब उद्घाटन गरिएको छ।

    बाजुराको दुर्गम बस्तीको ठाउँमा शिक्षा व्यवसायीक गर्ने लागेको संचालक अर्जुन पाण्डेले बताएका छन। विकसित सहर काठमाडौ, बुटवल र नेपालगन्जको ठाउँमा विभिन्न क्षेत्रमा लामो अनुभवबाट प्राप्त भएको ज्ञान् अनुसार आफू धुलाचौर शिक्षा पेशा लागेको संचालक पाण्डेको भनाइ रहेकोे छ। आफू गोठ बाट जन्मेको मान्छे समाज सेवा प्रति बढ्दो चासो रहेकोे छ। बिचमा नेपाल देश भन्दा बाहिर जाने निर्णय गर्दा पनि अहिले आएर अन्तिममा आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने हिसाबले ड्रिम लाइन एजुकेशन हब संचालन गर्न लामो समय पछी सफल भएको पाण्डेले बताएका छन।

    विदेश गएर अर्को ठाउँमा जानुभन्दा आफ्नै देश रोजगारी अवसर प्रदान गर्नुपर्छ सोचाइमा अगाडि बढेको संचालक पाण्डेले बताएका छन। धेरै युवा रोजगारका लागि देश छोडेर बाहिर देश जाने गरेका छन। अब आफ्नै ठाउँमा केही व्यवसायी गरेर रोजगारी सिर्जना गर्नुका साथै नयाँ प्रविधि ज्ञान आर्जन गर्ने थलो खोलेको छु। हाम्रो ड्रिम लाइन एजुकेशन हबको विशेष उद्देश्य धुलाचौर रहेकोे बजारमा लोकसेवा, शिक्षक सेवा, कम्प्युटर तालीम, अङ्ग्रेजी भाषा, बृजकोर्स र सिटिइभिटी प्रवेश परिक्षा स्टाफ नर्स, ओभरसियर, एच.ए. कृषि र भेटेनरी जे.टि.ओ. फार्मेसी लगायत विभिन्न प्रवेश परिक्षाको तयारी कक्षा धमाधम सञ्चालन गरिएको छ। काठमाडौ, नेपालगन्ज र धनगढी ठाउँमा गएर धाउन नपर्ने गाउँ घरमा बसेर खर्च कम पढाई गुणस्तर शिक्षा पाउनका निम्ति सुरुवात गरिएको छ। हाम्रो विभिन्न अन्लाईन फर्म लगायत काम निरन्तर गर्ने भएको संचालक अर्जुन पाण्डेले बताएका छन।

    जुन घरको दैलोमा सञ्चालन गरेको ड्रिम लाइन एजुकेशन हब गुणस्तर शिक्षा प्रदान गरियो भने रोजगार अवसर प्रदान हुने कार्यक्रम बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। विकट ठाउँमा विभिन्न खालका पुर्व तयारी कक्षा ल्याएको हुँदा यसले हिमाली गाउँपालिका मात्र नभई बाजुरा, हुम्ला र मुगु शिक्षा आयआर्जन गर्ने थलो रूपमा रहने भएको छ। आफ्नो पालिकाको प्रमुख हिसाबले आफुले गर्न सक्ने सहयोग कार्यविधि अनुसार आफू भएसम्म लागिपर्ने अध्यक्ष मल्लले बताएका छन।

    बाजुरा जस्तो ठाउँमा बसेर केही शिक्षा क्षेत्रमा लगानी अनुसार यहाँका मान्छेहरुले लाभ लिन सकियो भने फाइदाजनक हुने पुर्व भुमि सुधार सहायक मन्त्री जनक राज गिरी बताएका छन। अहिले युगमा अङ्ग्रेजी भाषा र कम्प्युटर भाषा सीप सिकेर ज्ञान लिन सकियो भने युवा रोजगार मुलक हुने सम्भावना रहेकोे छ। अब केहि समय हिल्सा देखि इन्डिया सम्म सडक पहुँच पुग्ने बित्तिकै यहाँ केही वर्षमा हजारौं पर्यटकीय भित्र्याउन अवस्था रहेकोे छ। त्यसका लागि यहाँ युवा सीप आर्जन गरेर बाहिर बाट आउने पर्यटन सहयोगी रूपमा काम लाग्ने बेरोजगार युवा रोजगारी सिर्जना हुने भएको गिरीले बताए।

    ड्रिम लाइन एजुकेशन हब उद्घाटन कार्यक्रम अध्यक्ष संचालक अर्जुन पाण्डे प्रमुख अतिथि नेपाली काङ्ग्रेस नेता तथा पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस बाजुरा सभापति रामसिङ रावल, नेपाली काङ्ग्रेस महासमिति सदस्य एवम् हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि नेपाली काङ्ग्रेसका प्रभावसाली नेता चक्र शाह लगायत बजार व्यवसायी, प्रहरी चौकी पालिकाका कर्मचारी विभिन्न पाटी प्रतिनिधि सहित सहभागिता ड्रिम लाइन एजुकेशन हब उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ।

    उक्त कार्यक्रम संचालक भवानी माध्यमिक बिधालय प्रधानाध्यापक धर्मराज पाण्डेले गर्नुभएको हो। जुन खालको शिक्षा अभियान सञ्चालन गरेको छु त्यसलाई सफल बनाउन सबैको साथ सपोर्ट रहने भएको छ। थप यस कार्यक्रम सहभागी भएर सकारात्मक जमर्को देखाउने हुने सम्पूर्ण व्यक्तिहरु धन्यवाद दिदै कार्यक्रम समापन संचालक अर्जुन पाण्डेले गरेका छन।

  • १६ बैशाख २०८१, आईतवार १९:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित