मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुरामा बिधालय खुलेको दिनमै विद्यार्थीहरुको हात-हातमा किताब
  • उमेश राेकाय

  • उमेश राेकाय बाजुरा बैशाख १७ ।हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक बिधालयमा पढाई सञ्चालन संगै विद्यार्थीहरुका हातमा किताब पाएका छन। शैक्षिकसत्र सुरु भएको दिनमा नयाँ पाठ्यक्रम विद्यार्थीहरुले किताब उपलब्ध गराइ पढाई सुरु गरिएको बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले जनाएको छ।

    विगतको वर्षहरुमा पढाई सञ्चालन भएको हप्ता दिनपछि विद्यार्थी किताब पाउने हुँदा बिधालय बालबालिका पढाईमा खाचो हुने गरेको थियोे। यो शैक्षिकसत्र सुरु नहुनु अगाडि बिधालय किताब हिमाली गाउँपालिकाले पठाएको हो। अहिले बिधालय समयमा किताब उपलब्ध भएको हुनाले पढाई राम्रो हुने भएको छ। बिधालय खुलेको दिनमा सम्पूर्ण बिधालयका बालबालिका पाठ्यक्रम सहजरूपमा हातमा किताब पाएपछि सबै विद्यार्थी खुसी भएका छन।

    बिधालय खुलेको समय बिधालयमा विद्यार्थी अनुपस्थित भएमा अभिभावकले निवेदन दिनुपर्ने तथा १० रुपैयाँ अनिवार्य बिधालय लाई ल्याएर आउनुपर्ने निर्णय गरेको छ। यदि बिधालय शिक्षक अनुपस्थित भएको दिनको हाजिरी रातो लगाउने संगै त्यो दिनको केही प्रतिशत तलब कट्टी गर्ने भएको छ। बिधालय आएको पैसाले शैक्षिक सामाग्री व्यवस्थाका लागि खर्च गर्ने बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले बताएका छन।

    स्कुलमा विद्यार्थी पढाई गुणस्तर बनाउनका लागि लागिपरेको छु। अहिले बिधालयमा कक्षा १ देखि १२ सम्म पढाई सञ्चालन गरिएको छ। बिधालय भवन जीर्ण अवस्थामा हुँदा अलि समस्या भएको छ। बिधालय नियमित आउने विद्यार्थी छात्रा र छात्र संख्या ५ सय ४४ जना रहेका छन। पहिलेको वर्षको पढाई भन्दा यश वर्ष बिधालय सुधार गरेर लैजाने भन्ने बिधालय निर्णय गरेको छ। त्यसको लागि अभिभावक, शिक्षक तथा बिद्यार्थी र बिधालय व्यवस्थापन समिति एकता गरेर हातेमालो गरेर जाने हो भने बिधालयलाई केही फेरबदल गर्नसक्ने अध्यक्ष रोकायाले जनाए ।

    पालिका सबै बिधालय शैक्षिकसत्र सुरु नहुनु अगावै किताब स्कुलमा दिएको छ। पढाई पालिका बिधालयमा बैशाख १६ गतेबाट गाउँपालिका रहेका २२ वटा बिधालय सञ्चालन गरिएको छ। बिधालय पढाई गुणस्तर बनाउन सिङ्गो पालिका लागेको छ। सर्वप्रथम बिधालय प्रशासन बलियो बनाउने बित्तिकै बिधालय सुधार आउने देखिन्छ। स्कुलमा पठनपाठन देखि लिएर त्यहाँका व्यवस्थापन समिति जिम्मेवार बिधालय व्यवस्थापन समितिले पुर्ण रूपमा लागिपरे बिधालय बालबालिका पढाई गुणस्तर हुने भएको छ।

    अब नयाँ ढंगले शैक्षिकसत्र शुरुआत गर्न पालिकाले विभिन्न रणनीति ल्याएको छ। सबैभन्दा बढी लगानी हिसाबले बिधालयलाई गरेपनि जतिको परिणामस्वरूप आएको छैन। त्यसको लागी गाउँपालिका सिङ्गो टिम संगै बिधालयका शिक्षक, अभिभावक, बिधालय व्यवस्थापन समिति, वडा जनप्रतिनिधि र विद्यार्थीहरु सबै सहयोग गरियो भने बिधालय पढाईमा गुणस्तर बनाउन सकिने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जनाएको छ।

  • १७ बैशाख २०८१, सोमबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित