मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका सरकारी कार्यालयहरूमा सम्पादन हुने कार्यमा ढिला सुस्ती भइरहेकाे नेपाली काँग्रेस बाँकेका ठहर
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज बैशाख १७ ।बाँके जिल्लामा रहेका सरकारी कार्यालयहरूकाे बाट सम्पादन हुने कामका बारेमा व्यापक जन गुनासाे आएकाे शन्दर्भमा नेपाली काँग्रेस बाँकेले सार्वजनिक बिज्ञप्ती प्रकाशित आज साेमबार प्रकाशित गरेकाे छ । नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेल जारी गरेकाे बिज्ञप्तीमा नेपाली काँग्रेस जनसरोकारका बिषयमा प्रखर ढगले मुखरीत हुँदै आएकाे पार्टी भएकाे उल्लेख गदै जनताका समस्यालाई नजिकबाट नियालेर समाधाननार्थ पहल लिने र दबाब सृजना गर्ने कार्यमा पनि नेपाली काँग्रेस काे अग्रसरता नागरिकले राम्रै संग अनुभुती गरेका छन ।
    बिज्ञप्तीमा नेपाली काँग्रेस बाँके समक्ष सार्बजनिक सेवा प्रदायक कार्यालयहरूका बारेमा पछिल्लो समयमा
    जनगुनासाे आईरहेकाे हुनाले नेपाली काँग्रेस बाँकेकाे गंम्भिर ध्यानाकर्षण भएकाे उल्लेख गर्दै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने कार्यालयहरूमा ब्याप्त बेथिति, ढिलासुस्ती अनियमितता र आर्थिक चहलखेलका गुनासाहरू आउनु दुर्भाग्यपूर्णकाे बिषय रहेकाे बिज्ञप्ती उल्लेख गदै जनताका कामकागजसंग
    प्रत्यक्ष जाेडिएका सरकारी कार्यालयहरूकाे बारेमा बिगतदेखि निर्माण हुदै आएकाे नकारात्मक भाष्यलाई बदलिएकाे शासन ब्यवस्थामा सुधार गर्न सकिएन्न भने व्यवस्था प्रति नै निराश बढ्ने यर्थातलाई हदयंगम गदै समन्धीत सराेकारवालालाई सेवा प्रवाह छिटाेछरिताे चुस्तदुररूस्त र गुनासाे बिहिन बनाउनका लागि विशेष चासाे राख्न ध्यानाकर्षण गराउर्दछाै साथै व्यापक जनगुनासाे आईरहेका कार्यालय हरूमा नियमित अनुगमन र सेवा सुधारका लागी गम्भीर बन्न समन्धीत सराेकारवालालाई आग्रह बिज्ञप्तीमा उल्लेख गरिएकाे छ

  • १७ बैशाख २०८१, सोमबार १५:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित