मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • उमेश राेकाय

  • उमेश राेकाय   बाजुरा बैशाख १९ । स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

    जिल्ला समन्वय समितिको कार्याजयलय बाजुराको आयोजनामा हिमाली गाउँपालिकामा सञ्चालन गरिएको छ। पालिकाकाले स्थानीय तहले गरेका कामकाज अनुगमन तथा कार्यालय शाखा अन्तर्गत कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिकाका कृषि, पशु, स्वास्थ्य, योजना, लेखा, पञ्जिकरण, भौतिक पुर्वाधार, न्यायीक समिति लगायत शाखाहरुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सार्वजनिक सुनवाइ समिक्षा भएको छ।

    वर्ष भरी पालिकाका विभिन्न शाखा अन्तर्गतका गरेका कामको विवरण एक औपचारिक कार्यक्रम बीच प्रस्तुत गरेका छन। कार्यालय गरेको कामको प्रगति विवरण संगै थप सुधार गरेर जानुपर्ने अवस्था रहेकोे छ। पालिका जनप्रतिनिधि लाई सफल बनाउन कर्मचारीको मुख्य भुमिका रहेकोे छ। अहिले जिल्ला भरी कक्षा ८ को पालिका स्तरीय वार्षिक परिक्षाको नतिजाले सबैले ध्यानाकर्षण रहनुपर्ने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताएका छन। जसले बिधालयमा पढाई गुणस्तर बनाउन नयाँ शिक्षा रणनीति अपनाउने पर्ने देखिन्छ। जसले शिक्षा क्षेत्रमा गुणस्तर प्रदान गर्ने सकिने प्रवक्ता पाण्डेले जनाए।

    पालिकाको काम गरेको गतिविधि सम्बन्धि जिल्ला समन्वय वर्ष एक पटक भन्दा ३ महिनाको अन्तरक्रिया कार्यक्रम गरियो भने प्रभावकारी हुनसक्ने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन। हामीले गरेका राम्रो नराम्रो कामका बारेमा विषेशगरी जिल्ला समन्वयले प्रशासन, प्राविधिक, योजना लगायत प्रतिनिधित्व गरेर पालिकामा हेरफेर गर्नसके केही काम सुधार तिर लाग्न सकिने भएको छ। गाउँपालिका लाई सफल बनाउन कर्मचारीले आफ्नो पुर्ण रूपमा भुमिका निभाउन सके सफल पालिका बन्न सकिन्छ।

    शिक्षा क्षेत्रमा पालिका जति लगानी गरेको त्यसको प्रतिफल भएको छैन। पहिलो वर्ष अभिभावक, शिक्षक, बिद्यार्थी र पालिकाको टिम प्रत्येक बिधालय गएर अन्तरक्रिया कार्यक्रम गरेर गुणस्तर शिक्षा बनाउन लागि अभियान गरेका थियौं। जति बिधालय सुधार हुनुपर्ने हो त्यति भएको छैन। बिधालयमा धुलो मुक्त बनाउन कार्पेट र डेस्क, बेन्च व्यवस्था साथै स्कुलमा स्वयंसेवक शिक्षा आफू निर्वाचन भएको दोस्रो कार्यकालमा जिल्लाकै पहिलोपटक कार्यविधि तयार गरि शिक्षक नियुक्ति गरेको हो। सबै जति गरिन्छ बिधालय गुणस्तर बनाउन लागि आफू निरन्तर अभियान लागेको अध्यक्ष मल्लले बताए।

    अहिले जिल्ला समन्वय समितिले सबै पालिकामा स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेका छौँ। जुन स्थानीय तहले विकासका काम मात्र नभई भौतिक रूपमा कस्तो कामकाज भैरहेको छ। भन्ने बिषय पालिका अनुगमन संगै गाउँपालिका शाखा कर्मचारी र जनप्रतिनिधि बिच भैरहेका कामका बारेमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो। स्थानीय तहमा हुने योजना तर्जुमा बिसयमा एका आपसमा छलफल गरेका छौँ। अब हामी अझ स्थानीय तहमा प्रभावकारी बनाउन लागिपरेका जिल्ला समन्वय समिति अध्यक्ष तुलसिराम रोकायाले जनाएका छन।

    सोही कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष तुलसिराम रोकायाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज संजाल वडाका वडा अध्यक्ष निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डे पालिका शाखा प्रमुख कर्मचारी लगायत सहभागिता कार्यक्रम गरिएको निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन।

  • १९ बैशाख २०८१, बुधबार ०७:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित