मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हुम्लामा घुम्ती स्वास्थ्य शिविर
  • मार्गरेखा संवाददाता

  • उमेश राेकाय

    हुम्ला बैशाख २३ । जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो ।

    मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको भनाई छ । स्वास्थ शिबिर संगै दीर्घ रोगी लेखाजोखा तथा तथ्यांक पनि संकलन गरिएको बुढाले बताउनुभयो ।

    दुर्गम अदानचुलिका नागरिकको पाइक पर्ने स्वास्थ संस्थामा सिबिर संचालन भएको बताउनुभयो ।जेष्ठ नागरिक बालबालिका अपांग तथा अशक्त नागरिककाका लागि ठूलो राहत महसुस भएको सेबाग्राहीले बताएका छ्न ।मिति २०८१बैशाख २० गते देखि २२ गते सम्म सन्चालन भएको सिबिरबाट थुप्रै नागरिकले सेवा लिने उहाँको अपेक्षा छ । २० गते तुम्च, तल्तडी, गल्फागाड, गोरपाली ,मकैकामा संचालन भएको सिबिरमा २४० जनाले सेवा पाएको उहाँले बताउनुभयो ।त्यस्तै २१ गते जम्मा २४५ बिरामी मध्ये महिला १५० , पुरुष ९२ बालबालिकामा महिला २८ पुरुष ३७ जना त्यस्तै जेष्ठ नागरिकमा महिला ३५ पुरुष २३ दिर्घ रोगी जम्मा ७ जना मध्ये ४ जना महिला र ३ जना पुरुषले सेवा लिएको उहाँले बताउनुभयो ।धेरै जसो मौसमी रुघाखोकिका बिरामीले सेवा पाएका हुन ।दिर्घ रोगीहरुको रोग पहिचान गरि उनिहरुलाई यता सम्भब नभएका बिरामिलाई गाउँपालिकाको समन्वय तथा सहयोगमा सुबिधा सम्पन्न ठाउँमा पठाउने उहाँले बताउनुभयो ।मौसमी रुघाखोकीले थला परेका बिरामीहरुलाई औसधि उपचार गर्न पाउँदा डाक्टरहरुले खुशी ब्यक्त गरेका छ्न ।

    त्यस्तै शनिबार भएको सिबिरमा ४६५ जनाले सेवा लिएको स्वास्थ संयोजक बुढाले बताउनुभयो ।पछिल्लो समय अदानचुली गाउँपालिकाले स्वास्थ शिक्षा खानेपानी मोटर बाटो लगाएतका काममा तिब्र गति लिएको गाउँपालिकाका अध्यक्ष मोहन बिर्क्रम शिहको भनाई छ ।अदानचुलिका जनताको सदैव हितका निम्ति अतुलनीय योगदान रहने उहाँले बताउनुभयो ।

  • २३ बैशाख २०८१, आईतवार २२:२९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित