मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाजुराकाे हिमाली गाउँपालिकामा पुर्ण खोप सुनिश्चित घोषणा
  • उमेश राेकाय

  • उमेश राेकाय  बाजुरा बैशाख  २८ ।जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।

    पुर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथमा धिम आधारभुत स्वास्थ्य सेवा केन्द्र आयोजना वडा स्तरीय पुर्ण खोप घोषणा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति रहेकोे धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोही कार्यक्रम गरिएको हो। गाउँमा जनचेतना सन्देश फैलाउन बडिमालिका माद्यामिक बिधालयका विद्यार्थीहरु स्वास्थ्य कर्मी, शिक्षक, जनप्रतिनिधि सहितको टोलि गाउँमा विभिन्न र्‍याली गरेर गाउँ परिक्रम गरिएको थियोे।

    प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेका छौँ। यो वर्ष पनि वर्ष भरी खोप लगाउनु पर्ने बालबालिका कोही नछुटोस कुपोषण रोगबाट मुक्त होस भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो। वडा टोल बस्तीमा जन्मेको दिन देखि पाँच महिनासम्म जुन बच्चाले पाउने खोप हाम्रो वडामा रहेका ३ वटा स्वास्थ्य सेवा केन्द्रमा खोप महिनाको महिनामा लगाइरहेका छौँ। त्यति मात्र नभएर खोप लगाउने घरदैलो कार्यक्रम पनि स्वास्थ्य स्वयंसेविका मार्फत गाउँ घरमा गएर जनचेतना अभियान गर्दै आइरहेको धिम आधारभूत स्वास्थ्य सेवा केन्द्र इन्चार्ज कमल रोकायाले बताएका छन।

    वडामा रहेका तीन वटा स्वास्थ्य सेवा खोप सेवा दिदै आइरहेको छन। १५ वर्ष मुनिका बालबालिका खोप लगाउने धिम आधारभूत सेवा केन्द्रमा ३० जना पाँडी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १० वटा र धुलाचौर स्वास्थ्य सेवा केन्द्रमा २० जना गरि वडा भरी ६० जना रहेका छ्न। जन्मेको १५ महिनादेखि ५ वर्ष मुनिका खोप लगाउने धिम आधारभूत सेवा केन्द्रमा ४८ जना पाँडी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा ३० वटा र धुलाचौर स्वास्थ्य सेवा केन्द्रमा ६० जना गरि वडा भरीमा १ सय ३८ जना बालबालिका खोप सेवा पाएको छ्न।

    उक्त कार्यक्रम धिम आधारभूत स्वास्थ्य सेवा केन्द्र!इन्चार्ज कमल रोकायाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो। प्रमुख अतिथि हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य धर्मजित शाही विशिष्ट अतिथि कार्यपालिका सदस्य कर्ण सार्की अतिथिमा वडा सदस्य रामकला सार्की, पुर्व कार्यपालिका सदस्य जित सार्की, शिक्षक मानबहादुर शाही लगायत स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, शिक्षक, महिला स्वयंसेवीका, आमा समुह बिधालयका विद्यार्थीहरु सहित स्थानीय बाक्लो उपस्थितिमा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न कार्यपालिका सदस्य कर्ण सार्कीले बताएको छ्न।

  • २८ बैशाख २०८१, शुक्रबार ०७:१२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित