मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहकारी सुधार्ने अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी अनुगमन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, बैशाख ३० । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा अनुगमन गरिरहेको छ । सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए ।

    आज नेपालगञ्ज-१० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताए । समग्रमा इन्द्रावती सहकारीको अवस्था ‘सुधारोन्मुख’ देखिएको रानाको भनाई छ । डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन-नियम निर्माण, खर्च कटौती लगायतका विषयमा सुझाब दिइएको छ । इन्द्रावतीका प्रबन्ध सञ्चालक टि.बी थापा (प्रकाश) ले कैफियत सच्याउने प्रतिबद्धता ब्यक्त गरे । सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।

    सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारे । उनले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताए ।

  • ३० बैशाख २०८१, आईतवार १९:५१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित