मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहकारी ठग भगाएको हो भने प्रचण्डले राजीनामा दिनुपर्छ, होईन भने लामिछानेलाई गृहमन्त्रीबाट बर्खास्त गर्नुपर्छः उपसभापति धनराज गुरुङ
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख ३० ।   नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिवी राईलाई अघिल्लो सरकारले भगाएको भनेर आरोप लगाउने गृहमन्त्रीलाई कि त प्रधानमन्त्रीले बखौस्तगी गर्नुपर्छ कि त प्रधानमन्त्रीले भगाएको नै भए पदबाट तत्काल राजीनामा दिनुपर्छ भनेका छन् ।
    अघिल्लो सरकारका कानून मन्त्रीसमेत रहेका नेता गुरुङले सहकारी ठगलाई प्रधानमन्त्री प्रचण्डले नै भगाएका हुन् भने प्रचण्डले पदबाट राजिनामा दिनुपर्छ या त प्रधानमन्त्रीमाथी आरोप लगाउनेलाई बर्खास्त भनेर ट्वीट गर्दै कडा विचार राखेका छन् ।
    नेपाली काँग्रेसले सहकारी ठग भएको भन्दै गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको बिषयमा अनुसंधान गर्न संयदीय छानबिन समिति बनाउने माग गर्दै संसद अबरुद्ध गरिरहेको बेला उपसभापति गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नयाँ कुरा उठाएका छन्

    उनको ट्वीटः

    गृहमन्त्री लामिछानेले जिबी राईलाई पहिलेको सरकारले भगाएको भन्ने आरोप लगाएका छन्।
    पहिलेको सरकारको प्रधानमन्त्री प्रचण्ड नै हुनुहुन्थ्यो।
    गृहमन्त्री लामिछानेले भने झैं सहकारी ठगलाई प्रधानमन्त्री प्रचण्डले नै भगाएका हुन् भने प्रचण्डले पदबाट राजिनामा दिनुपर्छ या त प्रधानमन्त्रीमाथी आरोप लगाउनेलाई बर्खास्त।

  • ३० बैशाख २०८१, आईतवार २१:२४ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित