मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं जेष्ठ १  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ । आज बिहान सिंहदरबारस्थित दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने रणनीति तय गरिएको हो ।

    त्यसपछिका अरू संसदीय प्रक्रिया अघि बढाउन नदिने रणनीति तय गरिएको एक सांसदले जानकारी दिए । बैठक जारी छ ।

    सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ । लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

    आजै बिहान कांग्रेसका नेतालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा संसद् अवरोध नगर्न अनुरोध गरेका थिए ।

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । त्यसका निम्ति दिउँसो ३ बजे बस्ने गरी संसद्को संयुक्त बैठक तय गरिएको छ ।

  • १ जेष्ठ २०८१, मंगलवार १०:५६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित