मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्रीको ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • प्रियास्मती ढकाल  नेपालगन्ज– ०१ जेठ । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आज काठमाडौंस्थित गृहमन्त्रालयमा पुगेर लामिछानेको ध्यानाकर्षण गराउनुभएको हो । कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको अतिक्रमित संरचना खाली गर्न नगर विकास समितिले पछिल्लो पटक दिएको एक हप्ताको समय आज सकिएको छ । ‘ठिक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन समेत भएको छ नगर प्रमुख आचार्यले भन्नुभयो–‘तत्काल प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छौं । समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिनु भएको छ ।’ अबको केही दिनमा बाँकेले प्रमुख जिल्ला अधिकारी पाउने र अतिक्रमित जमिन खाली गराउने कामलाई निरन्तरता दिने प्रतिवद्धता गृहमन्त्रालयबाट प्राप्त भएको पनि नगर प्रमुख आचार्यले बताउनुभयो ।

  • १ जेष्ठ २०८१, मंगलवार १७:१९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित